काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धी ललितपुरबीच उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकै दिन ३ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले बाग्लुङको बाग्लुङ नगरपालिका १२ अमलाचौर, डोटीको केआईसिहं गाउँपालिका २ तिखातर र रोल्पाको लुंग्री गाउँपालिका १२ सिर्पमा सेवा विस्तार गरेको हो ।
काठमाडौं । आठौं नेपाल हब्र्स एक्स्पो यही फागुन १७ गतेदेखि काठमाडौं ठमेलस्थित छायाँ सेन्टरमा शुरु हुने भएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले जडीबुटीको बजार प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको बताए ।
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अवलोकन गर्न सहज होस भन्ने हेतुले हेटौंडा– १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा– ५ क्याम्पा डाँडा सम्म निː शुल्क ओसार पसार गर्ने भएको छ ।
काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ ।
काठमाडौं । अब नेपाली सेनाका जेहेनदार सन्ततिले प्रभु बैंकबाट शैक्षिक कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष जंगी अड्डाबीच सम्झौता भएको छ ।