एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा |
काठमाडौं । एनआईसी एशिया बैंकले सप्तरीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज नगरपालिका– ८ मा नयाँ शाखा कार्यालय स्थापना गरेको हो । उक्त शाखाको सोही नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले आज आइतवार उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो दरिलो उपस्थिति जनाएर आफूलाई सवल बनाउँदै देशका कुनाकाप्चाका सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउने अभियानमा लागेको एनआईसी एशिया बैंकको प्रशंसा गरे ।
नगर प्रमुख यादवले राजविराजमा नयाँ शाखाको उद्घाटनसँगै अब उक्त नगर क्षेत्रका जनता, सरकारी कार्यालय, कर्मचारी, उद्योगी व्यवसायीलगायतलाई बैंकिङ कारोबार गर्न सजिलो बनाइदिएकोमा बैंकलाई धन्यवाद दिए ।
हाल यस बैंकले २७७ शाखा कार्यालय, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्नो उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्ब, कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजारभन्दा बढी रहेको बैंकले जानकारी दिएको छ ।

