जापानबाट नेपाल पैसा पठाउँदा ५ लाखको दुर्घटना जीवन बीमा |
काठमाडौं । जापानस्थित क्योदाइ रेमिट्यान्स आईएमईले सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना सार्वजनिक गरेको छ । सस्तो, सुलभ र विश्वसनीय रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको उक्त कम्पनीले ‘तपाईंको कमाइ अनि परिवारको सुरक्षा सँगसँगै’ भन्ने नाराका साथ सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको हो ।
यो योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिनदेखि ५ लाखको १ वर्षे दुर्घटना जीवन बीमा प्राप्त गर्न सक्नेछन् ।
क्योदाइ रेमिट्यान्स् आईएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागू हुने कम्पनीले बताएको छ ।
सोही आधारबमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेमध्यबाट २ हजार १ सय ३७ जनाको ५ लाखको १ वर्षे दुर्घटना जीवनबीमा गरिएको कम्पनीले बताएको छ ।

