नगद रू. २ लाखसहित आठ जना जुवाडे महांकालबाट पक्राउ |
काठमाडौं । प्रहरीले जुवातास खेल्ने काठमाडौं महानगरपालिका– ६, महांकालका छिरिङ लामासहित आठ जनालाई नगद रू. १ लाख ९६ हजार १ सय ५० रूपैयाँसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले उनीहरूलाई हिजो बेलुकी साढे ४ बजेतिर काठमाडौं महानगरपालिका– ६, महांकालमा जूवातास खेलिरहेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको बताएको छ ।

