देवः विकास बैंकको शाखा मगरागढी र तारातालमा शुरु |
काठमाडौं । देवः विकास बैंकले मगरागढी र तारातालमा शाखा सञ्चालनमा ल्याएको छ । बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढीमा बुधबार एक समारोह बीच मगरागढी शाखा कार्यालयको बारवर्दिया नगरपालिकाका प्रमुख, दुर्गा बहादुर थारुले विधिवत उद्घाटन गरेका थिए ।
बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिँदै बारबर्दिया नगरपालिकाका प्रमुख दूर्गा बहादुर थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकाससँग सँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
यसै बीच मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्री, तारातालमा बिहीबार आयोजित अर्को समारोहमा यस बैंकले प्रदेश नं. ५, बर्दिया जिल्लामा सोही मितिदेखि संचालनमा ल्याएको ताराताल शाखा कार्यालयको मधुवन नगरपालिकाको प्रमुख, गणेश बहादुर केसीले उद्घाटन गरेका हुन् ।
बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर केसीले ताराताल शाखाबाट प्रदान गरिने बैंकिङ्ग सेवाबाट सानोश्री, ताराताल क्षेत्रको सर्वा्ङ्गिण आर्थिक परिवर्तन र कृषि लगायत व्यापार व्यवसायको विकास सँगसँगै बर्दिया जिल्लाको ग्रामिण क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहँुच पुर्याउन सहयोग पुग्ने बताए ।
उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका साथ साथै प्रदेश नं. ५ मा विस्तार गरिने शाखाहरुलाई समन्वय तथा यस क्षेत्रका ग्राहकवर्गहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा बारबर्दिया नगरपालिका, वडा नं. ६ तथा मधुवन नगरपालिका वडा न. ६ का वडा अध्यक्षहरु देवः विकास बैंक लिका संचालक समितिका सदस्यज्यूहरु लगायत स्थानीय व्यवसायी, गृहणी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।
उपरोक्त दुवै कार्यक्रममा सभापतिका आसनबाट संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गले सम्पुर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नु हँुदै स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरिने विश्वास दिलाए ।

