महालक्ष्मी विकास बैँकका २ नयाँ शाखा विस्तार, शाखा संख्या ९२ पुग्यो |
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ कारोबार सञ्चालनमा ल्याएको हो ।
बैंकले काठमाडौँ महानगरपालिकाको डल्लुमा तथा तीनचुलीमा उक्त शाखा विस्तार गरेको हो । उक्त शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कुल शाखा संख्या ९२ पुगेको छ ।
बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्तर्गतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्वता जनाएको छ ।



