टीसीएलको नयाँ योजना ‘लकरमा भयङ्कर अफर’ |
काठमाडौं । टीसीएलले आफ्ना ग्राहकहरूका लागि लाभदायी योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ वर्ष २०७६ को अवसर पारेर क्यास व्याक तथा ‘लकरमा भयङ्कर अफर’ ल्याएको हो ।
यस वर्ष टीसीएल ब्राण्डले ग्राहकमाझ आफ्ना घरायसी सामाग्रीहरूमा रू. २५५ सम्मको क्यास ब्याक गर्ने भएको छ । यस वर्ष थप पृथक उपहार योजनाका रूपमा ‘लकरमा भयङ्कर अफर’ पनि ल्याएको छ ।
कम्पनीका अनुसार ४० इन्चभन्दा माथिको स्मार्ट टीभी खरिद गर्नु पर्नेछ । उक्त खरिदपश्चात् ग्राहकहरूले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । ग्राहकले स्क्र्याच कार्डमा गिफ्ट अथवा की पाउनेछन् । की पाउने विजेताले स्क्र्याच कार्ड सुरक्षित राख्नुपर्नेछ र अन्त्यमा एक कार्यक्रम आयोजना गरी लकरमा भएको भयङ्कर उपहार प्राप्त गर्न सक्नेछ ।
यो योजना चैत आज शुक्रवारदे नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू गरिएको कम्पनीले बताएको छ । नेपालको लागी टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स हो ।
Visited 1 times, 1 visit(s) today


