एनआरएनएको पहलमा विमानस्थलमा छुट्टै अध्यागमन डेस्क |
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अहिले छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । लगानी सम्मेलनलाई दृष्टिगत गरी छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको हो । उक्त डेस्क गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन स्थापना गरिएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उक्त डेस्क स्थापना गरेको हो ।
बिहीवार उद्घाटन गरिएको अध्यागमन डेस्क विदेशी पाहुना, व्यवसायी तथा कूटनीतिक अधिकारीको सहजताका लागि पर्सि आइतवारसम्म सञ्चालन हुने अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
एनआरएनएका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउँदै सम्मेलनमा सहभागी पाहुनाको सहजताका लागि डेस्क उपयोगी हुने उल्लेख गरे । सरकारले गैरआवासीय नेपालीलाई मुलुकका महत्वपूर्ण एजेण्डामा समेत सहभागी गराएको बताउँदै उनले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
Visited 1 times, 1 visit(s) today


