नेपाल भारत हस्तकतला प्रदर्शनी शनिबारदेखि, दुई देशको हस्तकला व्यापार बढाउने लक्ष्य |
काठमाडौं । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपाको पहलमा चैत १६ गते शनिवार देखि ४ दिने नेपाल भारत हस्तकला प्रदर्शनी हुने भएको छ । शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरीको पनि उपस्थिती रहनेछ ।
नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा कलागीगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ठमेल स्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतीका बरेमा बृहत रुपमा जानकारी दिइनेछ ।
५ दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली तथा भारतीय कालीगढले बनाएका एक्सक्लुसीभ कलाकृतिको प्रदर्शनी हुनेछ । त्यसका साथै प्रदर्शनीमा कालीगढले आफ्ना कला कौशल प्रत्यक्ष रुपमा प्रदर्शन गर्नेछन । दुई देश विचको सम्बन्धलाइ थप मजबुत बनाउन प्रदर्शनीमा नै खरिदकर्ता तथा विक्रीकर्ताको भेटघाट गराइने छ । यसले दुई देश विचको हस्तकलाको ब्यापारमा सहजता अभिवृद्धि गर्न टेवा पुर्याउने विश्वास गरिएको छ ।
नेपाल भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसै गरी काउन्सील अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीलाई भारतीय दुतावास, नेपाली दुतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत नेपाल फाउण्डेसनको समेत सहयोग रहेको छ ।
शनिवार सांस्कृतीक कार्यक्रमको विचमा उद्घाटन हुने प्रदर्शनीमा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागिता रहनेछ । त्यसमा नेपालका विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुनेछन् । साथै प्रदर्शनीमा डिजाइन डेभलपेमन्ट वर्कसप समेत सञ्चालन हुनेछ । उक्त वर्कसप साउथ एयिन फाउण्डेसनका डिजाइनरले नेपाल भारतका कालीगढलाइ नयाँ डिजाइन तथा बजार मैत्री उत्पादनका बारेमा परिचित गराउनेछन् ।
साउथ एसिया फाउण्डेसन नेपालको स्थापना सन् २०१४ मा भएको हो । फाउण्डेसनको मूख्य कार्यालय भारतको दिल्लीमा रहेको छ भने रजिष्टर्ड कार्यालय काठमाडौमा रहेको छ । फाउण्डेसनले नेपाली समाजका दलीत तथा पिछडिएको समुदायको जीवनस्तर सुधारका लागि काम गर्दै आएको छ । फण्डेसनले साउथ एसिया फउण्डेसनसँगको सहकार्यमा हस्तकलासम्बन्धी काम गर्दै आएको छ ।
त्यसका साथै डेरि तथा अर्गानिक उत्पादन मार्फत विषेश गरी महिलालाई रोजगारीका अवसर सृजना गर्दै आएको छ । साउथ एसिया फाउण्डेसनले नेपाल र भारतमा रहेका हस्तकला कालीगढको जीवनस्तर सुधारका साथै हस्तकलालाई सबल बनाउनका लागि काम गर्दै आएको छ ।
Visited 2 times, 1 visit(s) today


