नबिल बैंकले एकैसाथ ल्यायो तीन योजना | नबिल नारी प्याकेज नेतृत्वको जिम्मा प्रियङ्का कार्कीलाई
काठमाडौं । नबिल बैंकले नेपाली महिलाहरू बचत गर्न सिकाउन र उद्यमशीलताको विकासका लागि एकैसाथ तीन नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नबिल प्रिमियम नारी बचत, नबिल नारी कर्जा र नबिल लघु उद्यम कर्जा योजना सार्वजनिक गरेको हो ।
नबिल बैंकले यी तीनै योजना एकसाथ ल्याएर महिलाहरूका लागि पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले चर्चित अभिनेत्री प्रियङ्का कार्कीलाई नबिल नारीको अग्रणीको रूपमा नियुक्त गरेको छ । बैंकले नेपाली महिलाहरूलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै नेपालमा महिला उद्यमशिलताको विकास गर्नका लागि आवश्यक पर्ने सबै वित्तीय आवश्यकता पूरा गर्नका लागि यस्ता योजना ल्याएको बताएको छ ।
नबिल प्रिमियम नारी बचतमा आकर्षक विशेषताका साथै नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ), क्रेडिट कार्ड (स्थानीय र अन्तरराष्ट्रिय) डिमान्ड ड्राफ्ट÷स्विफ्ट ट्रान्सफर, लकर आदि जस्ता विशेष सुविधासहितको प्रतिस्पर्धी वार्षिक ४.७५ प्रतिशत ब्याजदरमा खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
त्यसका साथै बैंकले ‘नबिल नारी कर्जा’ महिलाहरूका लागि प्रस्ताव गरेको विशेष एसएमई कर्जा हो । यसले महिलाहरूको उद्यमशीलताको प्रयासमा सहयोग गर्नका लागि वार्षिक ९.९९ प्रतिशतको प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह गर्नेछ ।
नबिल नारी कर्जाका लागि चाहिने योग्यताः
–प्राइभेट फर्मः महिलाको स्वामित्वमा रहेको ।
–साझेदारी फर्मः महिलाको ५० प्रतिशत साझेदारी रहेको ।
–कम्पनीः ५१ प्रतिशत महिलाको शेयर रहेको ।
नबिल नारी कर्जाका विशेषताहरूः
–ब्याजदरः प्रतिवर्ष ९.९९५ (एक वर्षको मुद्दति) ।
–कर्जाको आकारः ५ लाख देखी १ करोड ५० लाख सम्म ।
–५०,००० को प्रारम्भिक सिमा सहितको मुख्य व्यक्तिका लागि निःशुल्क क्रेडिट कार्ड जारी गर्ने ।
–एसएमई मार्फत निशुल्क कारोवारको बारेमा जानकारी दिने ।
–ई–मेल मार्फत मासिक रूपमा निशुल्क बैंक स्टेटमेण्ट प्रदान गर्ने ।
–५ कार्य दिन भित्र काम सम्पन्न हुने ।
कृषि तथा पशुपालन क्षेत्रको विकासका साथै महिलाका लागि स्वरोजगार र लघु उद्यम विकास गर्ने उदेश्यले नबिल बैंकले प्रत्यक्ष रूपमा विपन्न क्षेत्रका लागि सहयोग गर्ने गरी अत्यन्तै न्युन वार्षिक ३.९४ प्रतिशतको ब्याजदरमा ईएमआईको आधारमा ब्याजमा विशेष छुटसहितको महिला लघु उद्यम कर्जाको शुरूवात गरेको छ ।
यस कर्जा सुविधाले कृषि, पशुपालन र अन्य उद्यमशील व्यवसायहरूमार्फत महिलाको उद्यमशील सिप विकास गर्न, उत्पादनमा वृद्धि गर्न र रोजगारीको सृजना गर्नका लागि यो कर्जा सुविधा प्रदान गर्न लागिएको हो ।
महिला लघु उद्यम कर्जाका विशेषताहरूः
–ब्याजदर प्रतिवर्षः ३.९४ प्रतिशत ।
–कर्जाको आकारः रू. १५ लाखसम्म ।
–अवधिः ५ वर्षसम्म ।
–ऋणीको उमेर हद : १८–६५ वर्ष ।
स्वीकृत भएको जानकारी : आवश्यक पर्ने सम्पूर्ण कागजपत्र पेश गरेको मितिदेखि २१ कार्यदिनभित्र ।
–धितो आवश्यक नपर्ने ।
–थप शुल्क नलाग्ने ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘हाम्रा नारीहरूका लागि प्रदान गरिएको बैंकिङ सुविधाले सबै नेपाली महिलाहरूलाई आफ्नो सुरक्षित भविष्यका लागि अगाडि बढ्न, महिला उद्यमीहरूलाई आफ्नो प्रगति र विकासमा लगानी गरी आफू तथा आफ्नो परिवारका साथै ठूलो संख्यामा रहेको हाम्रो समाजलाई सवल बनाउने काममा अगाडि बढ्न प्रोत्साहन गर्नेछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ ।
साथै, महिलाले उच्च गुणस्तरको कर्जाको स्रोतमा पहुँचसहित सवल व्यवसायको शुरूवात गर्न, गरिबीबाट छुट्कारा पाउनुका साथै राष्ट्रको आर्थिक विकासमा ठुलो योगदान कर्ताको रूपमा आफूलाई उभ्याउन सक्नेछन् भन्ने कुरामा विश्वास लिएको छु ।’
Visited 1 times, 1 visit(s) today


