काठमाडौं (आपास) । इस्लाम धर्मावलम्बीको महान् चाड रमदानका अवसरमा फोर्डले नमस्ते इद २०१८ मनाएको छ । कम्पनीले पल्सरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकका ग्राहकले अबदेखि गुणस्तरीय उपचारमा सहुलियत पाउने भएका छन् । बैंकले ओम हस्पिटल तथा रिसर्च सेण्टरसँग सोसम्बन्धी सम्झौता गरेसँगै ग्राहकहरुले त्यस्तो सहुलियत पाउने भएका हुन् ।
काठमाडौं । वि.सं. २०७२ सालमा गएको महाभूकम्पसँगै बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । नेपाल–चीनबीचको पुरानो व्यापारिक नाकाको रूपमा रहेको यो नाका सन् २०१९ को मे महीनादेखि सञ्चालनमा आउने भएको छ ।
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ईपी ल्याब सेवा शुरू गरेको छ । अस्पतालले मुटुको चाल गडबडीसम्बन्धी उपचारका लागि मोफसलमै पहिलोपटक ईपी ल्याब शुरू गरेको हो ।
प्यूठान । पछिल्लो समय प्यूठानका महिलाहरु मौसमी तथा बेमौसमी तरकार खेतीतर्फ लागेका छन । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आफ्नो लागि दरिलो आर्थिक उपार्जन हुने भएपछि अधिकांश ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताएको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई उपचार सेवामा सहुलियत दिन नर्भिक अस्पतालसँग हालै एक सम्झौता गरेको छ । उक्त सम्झौतापछि मुक्तिनाथका ग्राहक तथा कर्मचारीले नर्भिकमा उपचार गराउँदा छूट पाउने बैंकले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । युवावर्गमाझ लोकप्रिय स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा चाँडै नै ओप्पो एफसेवेन युथ सार्वजनिक गर्ने घोषणा गरेको छ । एफसेवेन यूथमा एआई ब्यूटी २.० प्रविधिका साथै सुपर फुल स्क्रिन उपलब्ध छ ।
काठमाडौं । काम ढिला गर्ने निर्माण व्यवसायीमाथि कारबाहीमा उत्रिएको गृह मन्त्रालय अब गैरसरकारी संस्था (एनजीओ), अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) तथा प्रतिफल वितरण नगर्ने कम्पनीतिर मोडिएको छ ।
काठमाडौं । सरकारले आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका निम्ति गृहकार्य शुरू गरेको छ । हालै सार्वजनिक आगामी आवको बजेटले समेटेको शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिनेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत लागू गर्न साउनभित्रै कार्यविधि बनाउने तयारीमा अर्थ मन्त्रालय जुटेको हो ।