संवैधानिक परिषद्को बैठक आजै, प्रधानन्यायाधीश सिफारिशको तयारी |
काठमाडौँ । १० दिन पछि सारिएको संवैधानिक परिषद्को बैठक आजै नै बस्ने भएको छ । हिजो मंगलवार राति प्रधानमन्त्री कार्यालयबाट परिषद् पदाधिकारीलाई बिहान ९ बजे बैठक बस्ने सूचना पठाइएको हो । पुस ५ गतेसम्मका लागि स्थगित गरिएको उक्त बैठक आज बस्ने भएको हो ।
परिषद् बैठकमा प्रधानन्यायाधीश र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी सिफारिश गर्ने कार्यसूची रहेको छ । मंगलवार बिहान बोलाइएको बैठक साँझसम्मका लागि स्थगित भएको थियो । साँझको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित भएको थियो ।
Visited 1 times, 1 visit(s) today


