क्यू पे प्रालिले नेपालमा शुरू गर्यो मोबाइल वालेट सेवा, अब मोबाइलबाटै भुक्तानी यसरी गर्नुस् |
काठमाडौं । काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको क्यू पे प्रालिले ‘क्यू पे मोबाइल वालेट सेवा’ नेपालमा औपचारिक रूपमा शुरू गरेको छ । कम्पनीले मोबाइलबाटै भुक्तानी गर्न मिल्ने क्यूआर एप्स हिजो मंगलवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार उक्त सेवा सुचारु गर्न क्यूआर एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरेका व्यक्तिहरूलाई यसले डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराएको हो । क्यू पे प्रालिले युनियन पे ईन्टरनेशलसँग नेपालमा मोबाईल कारोबारमा सहकार्य गर्ने बताइएको छ ।
क्यू पे नेपालमा शुरू गरिएको मोबाइल वालेट सुविधा हो । युनियन पे इण्टरनेशनल चाइनिज कम्पनी हो । यसले चीनबाहिर विश्वभरिका दुई हजार कम्पनीहरूसँग यस्तो सहकार्य गरिसकेको छ ।
युनियन पेले उच्चस्तरीय, प्रभावकारी मूल्य तथा क्रस बोर्डर सुरक्षित भुक्तानको कार्य गर्दछ । यो विश्वकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी पनि हो । यो सेवाबाट सिनेमा, रेष्टुरेण्ट, सपिङ, सवारीलगायतका उपभोग्य सेवाको भुक्तानी गर्न क्यूआर स्क्यान गर्नुपर्ने हुन्छ । क्युआरका लागि क्यूपेको एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ ।
युनियन पेको कार्ड भएका नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरूले क्यूपेको माध्यमबाट भुक्तानी गर्न सक्छन् । नेपालमा क्यू पेले युनियन पेसँग सहकार्य गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति लिइसकेको छ ।
Visited 1 times, 1 visit(s) today


