काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले मृतक कर्मचारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडूको निधन भएकोप्रति दुःख व्यक्त गर्दै ७ लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं (आपास) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेंसीमा नयाँ शाखा स्थापना गरेको छ ।
घोराही । सुजुकीको तेस्रो संस्करणको स्वीफ्ट मोडलको विक्रीवितरण दाङमा शुरू भएको छ । स्वर्गद्वारी अटो डिष्ट्रिब्यूटर्सले उक्त गाडीको विक्रीवितरण शुरू गरेको हो ।
काठमाडौं । नेपालले अन्तरराष्ट्रिय उडानका लागि नयाँ हवाई प्रवेश मार्ग पाउने भएको छ । नयाँ हवाई प्रवेश मार्गका लागि नेपालले भारतसँग धेरै समयदेखि माग गर्दै आइरहेको थियो ।
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका पाँच कर्मचारीले विगत १ वर्षदेखि तलब नपाएको खुलासा भएको छ । ती कर्मचारी विभिन्न वडामा करारमा कार्यरत रहेको र उनीहरुले २०७४ साल साउनदेखि तलब नपाएको खुलासा भएको हो ।
विराटनगर । अन्य धर्म मान्दै आएका व्यक्तिहरुलाई क्रिश्चियन बनौं भनेर धर्म परिवर्तन गराउँदै हिँडेका विराटनगर–१५ का दीपु कर्मचारीलाई विराटनगर–१२ का स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
काठमाडौैं (अस) । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका–८ मा आफ्नो नयाँ शाखा शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरुप शाखा विस्तार गरेको बताएको छ ।
काठमाडौं (आपास) । एमएडब्ल्यू इण्टरप्राइजेजले शुक्रवारदेखि नवलपरासीको बर्दघाटमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले त्रिवेणी अटोमोबाइल्स नामको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।