नेरुडे लघुवित्तले दिने भो २० प्रतिशत लाभांश, शेयर मूल्य पनि बढ्यो |
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले शेयरधनीलाई १५ प्रतिशत बोनस र करसहित ५.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने बताइएको छ । लाभांश घोषणा गरेसँगै मंगलवार संस्थाको शेयर मूल्य बढेको छ । सोमवार प्रतिकित्ता ४ सय ९० रुपैयाँ रहेको संस्थाको शेयर मूल्य मंगलवार बढेर प्रतिकित्ता ४९४ रुपैयाँ पुगेको छ ।
संस्थाको वार्षिक साधारणसभा आगामी पुस २० गते बस्दै छ । सो प्रयोजनका लागि पुस ५ गतेदेखि २० गतेसम्म संस्थाको बुक क्लोज हुनेछ । हाल संस्थाको चुक्ता पूँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयरपछि संस्थाको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
Visited 1 times, 1 visit(s) today


