ग्रामीण महिला तथा कृषकको जीवनस्तर उकास्न माछापुच्छ्रे बैंकले गर्यो सहकार्य | ४३ सय किसानलाई ऋण प्रवाह गरिने, तीन हजार खाता खोल्ने र किसान क्रेडिट कार्ड प्रदान गरिने
काठमाडौं । माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इण्टरनेशल नेपालबीच ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरूलाई उनीहरूको जीवनस्तर उकास्नका लागि सरलीकृत लघुकर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र हेफर इण्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोेले हस्क्षाक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा बोल्दै शर्माले उक्त सहकार्यले देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो सरलीकृत कर्जा प्रदान गरिने बताए । बैंकले कुल ४३ सय कृषक एवम् महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३ हजार खाता खोल्ने र किसान क्रेडिट कार्डको सेवासमेत प्रदान गरिने जानकारी दिए ।
बैंकका ८६ वटा शाखाहरू, २ वटा एक्स्टेन्सन काउण्टरलगायत ३९ शाखारहित बैकिङ सेवा इकाइ रहेका छन् । हाल बंैकका देशभर १०७ वटा एटीएम काउण्टरहरू सञ्चालनमा रहेका छन् ।
Visited 1 times, 1 visit(s) today


