रिजर्भ बैंक अफ इण्डियाको नयाँ गभर्नरमा शक्तिकान्त दास |

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया ( आरबीआई) को गभर्नरमा शक्तिकान्त दास नियुक्त भएका छन् । गभर्नर उर्जित पटेलले ९ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्री मोदीसँगको मतभेदका कारण राजीनामा दिएपछि दासले आरबीआईको नेतृत्व पाएका हुन् ।
भारत सरकारले सन २०१६ को नोभेम्बर ८ तारिखका दिनदेखि ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउने उक्त अभियानमा प्रमुख भूमिका निभाउने व्यक्तिको रूपमा अहिलेका गभर्नर दासलाई लिने गरिन्छ । शक्तिकान्त दासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ गभर्नरमा नियुक्त गरेका हुन् ।