मञ्जुश्री फाइनान्सले नगद लाभांश दर घटायो, २.९ प्रतिशत मात्र दिने भो |
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले यसअघि दिने भनेर घोषणा गरेको नगद लाभांश दर घटाएको छ । कम्पनीले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएर करसमेत २.९ प्रतिशत मात्र दिने भएको छ ।
यसअघि संस्थाले शेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त प्रस्तावलाई घटाएर संस्थाले हाल कायम चुक्तापूँजीको २.९ प्रतिशत नगद लाभांश दिने नयाँ प्रस्ताव राखेको हो । हाल संस्थाको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ ।
संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । संस्थाको आगामी साधारणसभा आगामी पुस १६ गते बस्दै छ । सो प्रयोजनका लागि पुस ३ गते संस्थाको बुक क्लोज हुनेछ ।
Visited 2 times, 1 visit(s) today


