विराटनगर । अन्य धर्म मान्दै आएका व्यक्तिहरुलाई क्रिश्चियन बनौं भनेर धर्म परिवर्तन गराउँदै हिँडेका विराटनगर–१५ का दीपु कर्मचारीलाई विराटनगर–१२ का स्थानीय युवाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
काठमाडौैं (अस) । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका–८ मा आफ्नो नयाँ शाखा शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरुप शाखा विस्तार गरेको बताएको छ ।
काठमाडौं (आपास) । एमएडब्ल्यू इण्टरप्राइजेजले शुक्रवारदेखि नवलपरासीको बर्दघाटमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले त्रिवेणी अटोमोबाइल्स नामको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । इस्लाम धर्मावलम्बीको महान् चाड रमदानका अवसरमा फोर्डले नमस्ते इद २०१८ मनाएको छ । कम्पनीले पल्सरसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकका ग्राहकले अबदेखि गुणस्तरीय उपचारमा सहुलियत पाउने भएका छन् । बैंकले ओम हस्पिटल तथा रिसर्च सेण्टरसँग सोसम्बन्धी सम्झौता गरेसँगै ग्राहकहरुले त्यस्तो सहुलियत पाउने भएका हुन् ।
काठमाडौं । वि.सं. २०७२ सालमा गएको महाभूकम्पसँगै बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । नेपाल–चीनबीचको पुरानो व्यापारिक नाकाको रूपमा रहेको यो नाका सन् २०१९ को मे महीनादेखि सञ्चालनमा आउने भएको छ ।
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ईपी ल्याब सेवा शुरू गरेको छ । अस्पतालले मुटुको चाल गडबडीसम्बन्धी उपचारका लागि मोफसलमै पहिलोपटक ईपी ल्याब शुरू गरेको हो ।
प्यूठान । पछिल्लो समय प्यूठानका महिलाहरु मौसमी तथा बेमौसमी तरकार खेतीतर्फ लागेका छन । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आफ्नो लागि दरिलो आर्थिक उपार्जन हुने भएपछि अधिकांश ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताएको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई उपचार सेवामा सहुलियत दिन नर्भिक अस्पतालसँग हालै एक सम्झौता गरेको छ । उक्त सम्झौतापछि मुक्तिनाथका ग्राहक तथा कर्मचारीले नर्भिकमा उपचार गराउँदा छूट पाउने बैंकले जानकारी दिएको छ ।