ग्लोबल आईएमई र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब ग्लोबल आईएमई बैंकका ग्राहकहरूले बैंकका देशभर रहेका सम्पूर्ण शाखाहरूबाट रिलायबल लाइफ इन्स्योरेन्सले दिने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो एवम् भरपर्दो माध्यमबाट उपलब्ध गराइने बैंकले बताएको छ ।
हाल यस बैंकले १३३ वटा शाखा, १५ वटा राजस्व संकलन काउण्टर, १४२ एटीएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि र सम्र्पक कार्यालयमार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चस्तरी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Visited 1 times, 1 visit(s) today


