स्कुलमा छात्रा शौचालय बनाउन एभरेष्ट बैंकको रू. ४ लाख सहयोग |
काठमाडौं । एभरेष्ट बैंकले नवलपरासी जिल्लाको एक क्लबलाई सरकारी स्कुलमा महिला शौचालय निर्माण गर्न रू. ४ लाख सहयोग गरेको छ । बैंकले जिल्लास्थित जोन्टा क्लबलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठले क्लबका प्रतिनिधि सीमा गोल्छा र समिना श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले स्कुलमा महिला शौचालय निर्माण हुने तथा स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने बैंकले विश्वास लिएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका डीजीएम गिरिश कोहली, समीना श्रेष्ठ, नवलपरासी शौचालय निर्माण प्रोजेक्टका सदस्य र अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


