नेपाल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब उक्त बैंकका ग्राहकहरूले बैंकका देशभर रहेका सबै शाखाहरूबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रदान गर्ने बीमालेख, प्रिमियम भुक्तानी, मृत्युदाबी भुक्तानीलगायत जीवन बीमासम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


