मेगा बैंक र सन नेपालबीच बैंकासुरेन्स सम्झौता, १०२ शाखाबाट बीमालेख विक्री हुने |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कायममुकाम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बैंकासुरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि मेगा बैंकबाटै सन नेपाल लाइफमा जीवन बिमा गर्न ग्राहकहरु लाई सुविधा हुने मेगा बैंकले बताएको छ । ग्राहकहरुले मेगा बैंकका देशभरका १ सय २ शाखाबाट जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
Visited 1 times, 1 visit(s) today


