काठमाडौं (आपास) । आईएमई लिमिटेड र आईएमई पेले आईएमई वल्र्डकप उत्सव–२०१८ प्रतियोगिता शुरू गरेका छन् । विश्वकप पूmटबल २०१८ अन्तर्गत रसियामा जारी पूmटबल प्रतियोगिताका दर्शक यो उत्सवमा सहभागी हुने कम्पनीले बताएको छ ।
काठमाडौं । मेगा बैङ्क र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच सोमवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं (आपास) । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थितको लान्तीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकिङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
हेटौंडा (आपास) । सिद्धार्थ बैंकले हेटौंडामा २४सै घण्टा एटीएम सेवा शुरू गरेको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखी हेटौंडाको नारायणी मलमा रात्रिकालीन एटीएम सुविधासमेत शुरू गरिएको बैंकले जानकारी दिएको छ ।
सल्यान । सल्यानको एक विद्यालयले प्रतिविद्यार्थी ३ सय रुपैयाँ उठाएर विद्यार्थीहरूलाई स्कूलमै खाजा खुवाउन थालेको छ । छत्रेश्वरी गाउँपालिका– ५, लेखपोखरास्थित कालिका प्राथमिक विद्यालयले बाँकी पैसा विद्यालयले नै जोहो गरेर दिवा खाजा खुजाउन शुरू गरेको हो ।
काठमाडौं (आपास) । सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि ११९ सदस्यीय जम्बो टोलीका साथ छिमेकी मुलुक चीनको ६ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्रीको निमन्त्रणामा प्रम ओली आज बिहान ८ः३० बजे हिमालयन एयरलाइन्सको विमान चार्टर गरी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौं । नेपाल र जापानबीच हालै हवाई उडानसम्बन्धी सम्झौतामा पुनरवलोकन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरवलोकन भएको मन्त्रालयले जानकारी दिएको हो ।
काठमाडौं । नयाँ विमान भित्र्याउने तयारीमा रहेको नेपाल वायु सेवा निगमले असार ११ गते नै नयाँ विमान काठमाडौं आइपुग्ने बताएको भएको छ । निगमले ल्याउन लागेका दुईवटा एयरबसमध्ये २५० सिट क्षमताकोे एयरबस काठमाडौं आइपुग्न लागेको हो ।