ज्योति लाइफ द अमेजिङ मोटर र्याली माघ १८ गते, सबैभन्दा ढिलो पुग्ने विजेता |
काठमाडौं । ड्राइभिङ गर्दा गन्तव्यमा सबैभन्दा ढिलो पुग्ने व्यक्ति नै विजेता बन्ने प्रतियोगिता नेपालमा पहिलोपल्ट आयोजना हुने भएको छ । केजीएच फाउण्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाको संयुक्त आयोजनामा ‘ज्योति लाइफ द अमेजिङ मोटर र्याली २०१९’ काठमाडौं–पोखरा यात्रा प्रतियोगिता यही माघ १८ गते शुक्रवार हुने भएको हो । यो प्रतियोगितामा ढिलो पुग्ने नै विजेता बन्ने आयोजकको भनाइ छ ।
र्याली नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्गबाट शुभारम्भ भई पोखराको विन्ध्यवासिनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे हुँदै केजीएच हिमालय फ्रण्ट होटल सारङकोटमा पुगी सम्पन्न हुने आयोजकले बताएका छन् ।
आयोजकका अनुसार पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल टुरिज्म बोर्डको सहयोग र अबुर्द रोग निवारणबारे जनचेतना अभिवृद्धि गर्दै क्यान्सर रोग बेलैमा उपचर गरे निको हुने सन्देश दिन उक्त मोटर र्याली आयोजना हुन लागेको हो ।
साथै कार्यक्रमको अर्को उद्देश्य भनेको सुरक्षित ड्राइभिङलाई हाइवेहरूमा गाडी चलाउन प्रोत्साहन गर्ने छ । प्रतियोगिता कुनै गाडीले अर्को गाडीलाई उछिनेर पहिलो हुने गाडी दौड नभई आम व्यक्तिहरूले चलाउने गाडीको रफ्तारलाई ध्यान दिएर टीडीएसका आधारमा सबैभन्दा ढिलो पुग्ने व्यक्तिलाई विजेता घोषणा गरिनेछ ।
Visited 1 times, 1 visit(s) today


