काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । हिजो मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला बनेर तयार भएको छ । यसको आगामी भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले काठमाडौँको टोखामा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् ।
काठमाडौं । एक वर्ष भित्रै ब्रिटानिया विस्कुटको उत्पादन नेपालै शुरु हुनेछ । बारा जिल्लाको परवानीपुरमा उद्योगको निर्माण कार्य तिब्ररुपमा भई रहेको कम्पनीले जानकारी दिएको छ ।