नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१९ हुँदै | ३ सय भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १ सय ५० भन्दा बढी स्टल रहने
काठमाडौं । निर्माण क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिको जानकारी दिने तथा निर्माण कम्पनी, डिलर र विक्रेता बीचको सम्बन्धमा विस्तार गर्ने उद्देश्यले आगामी माघ २५, २६, २७ गते राजधानीको भृकुटीमण्डपमा नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१९ हुने भएको छ ।
एक्स्पोमा विभिन्न ३ सय भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १ सय ५० भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएका छन् । निर्माण कम्पनी, डिलर, सबडिलर, विक्रेताहरुले निर्माण व्यवसायसंग सम्बन्धित उत्पादनहरुबारे जानकारी गराउने छन्। एक्स्पोमा निर्माण क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिको देख्न पाइनेछ ।
एक्स्पोमा निर्माण सामाग्री, निर्माण उपकरण, ठुला निर्माणका उपकरण, युपीभीसी प्रोफाइल, युपीभीसी उइन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङस, पाइप, टायल र खानेपानी सामाग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्रि इन्जिनियरिङ विल्डिङ आदि राखिने बताइएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि नेपाल र फुटुरेक्स ट्रेड एण्ड इभेन्ट प्रालि भारतको संयुक्त आयोजनामा उक्त एक्स्पो हुन लागेको हो । चार वर्षदेखि आयोजना गर्दै आएको एक्स्पोमा यस पटक टाइटल स्पोन्सर आरती स्ट्रिप्स प्रालि गर्दै छ ।



