सिटी सेण्टरको भ्यालेन्टाइन अफर | बम्पर विजेतालाई पोखरा भ्रमणको अवसरदेखि नृत्यविजेतालाई रू. १५ हजार पुरस्कारसम्म
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेण्टरले आउँदै गरेको प्रणय दिवस २०१९ (भ्यालेण्टाइन दिवस) लाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालनमा ल्याएको उक्त सेण्टरले युवा वर्गलाई लक्षित गरी नृत्य प्रतियोगिता र किनमेलमा प्रदान गरिएको कुपनमा लक्की ड्रबाट घोषित विजेतालाई पोखरा भ्रमणको योजना सार्वजनिक गरेको हो ।
उक्त योजनाअन्तर्गत आगामी फेब्रुअरी १५ मा नृत्य प्रतियोगिता कार्यक्रम राखिएको सेण्टरले जानकारी गराएको छ । सिटी सेण्टरका अनुसार उक्त प्रतियोगिताका विजेतालाई रू. १५,००० पुरस्कार प्रदान गरिने छ ।
त्यसैगरी, सिटी सेण्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत एक जनालाई विजेता घोषणा गरिने र ती विजेतालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेज भ्रमणको व्यवस्था गरिनेछ ।
साथै, सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले यस अवधिमा किनमेल गर्ने ग्राहकहरूलाई विशेष छुटको व्यवस्थासमेत गरेको बताएको छ । कार्यक्रम अवधिभर विभिन्न प्रकारका मनोरञ्जनात्क खेलहरूका साथै लाइभ म्युजिकल कार्यक्रमसमेत आयोजना हुने बताइएको छ ।



