एलजीको एलईडी टीभीमा ४१ प्रतिशतसम्म क्यास ब्याक, दुई बर्षको वारेन्टी |
काठमाडौं । एलजीले आफ्ना ग्राहकका लागि एलईडी टीभीहरुमा ४१ प्रतिशतसम्म क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।
सबै एलईडी टीभीहरुमा दुई बर्षको वारेन्टी पनि दिइने छ । भ्वाइस कमान्डबाटै चल्ने आर्टिफिसियल इन्टेलिजेन्स र थिनक्यू टेक्नोलोजीबाट बनेको एलईडी टीभी नेपालमा पनि भर्खरै लञ्च गरिएको हो ।
उक्त टिभी नेपालमा लन्च भएसँगै टिभीको माग बढेको कम्पनीले जानकारी दिएको छ ।



