दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि विक्री गरेको साधारण शेयर (आईपीओ) को आज शेयर बाँडफाँड गर्दै छ ।
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यो संस्थाले प्रति साधारण सेयर एक सय रुपैयाँका दरले आवदेन दिनुपर्ने गरी साधारण शेयरधनीका लागि उक्त हकप्रद शेयरको निष्काशन गरेको हो ।
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र दिउँसो ११ बजेदेखि ३ बजेसम्म टिपर चलाउन दिने निर्णय गरिएको छ । प्रतिघण्टा ३५ किलोमिटरको दरले सवारी चलाउने गरी मंगलबारबाटै टिपर सञ्चालन गर्न दिने निर्णय भएको हो ।
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनि इसेवा फोन पे प्रालिले नेपालीहरूको आउदै गरेको पर्व तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ ।