काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उखु किसानको वक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
चितवन । चितवनको भरतपुरमा सञ्चालित ३ दिने अन्तरराष्ट्रिय पोल्ट्री सिम्पोजियम (सम्मेलन) ८ बुँदे घोषणापत्र जारी गर्दै बुधवार सकिएको छ । सम्मेलनले नेपालमा पोल्ट्री व्यवसायको विकासका लागि विभिन्न निष्कर्षहरू निकालेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले हालै चालू आवको पहिलो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा ३८ करोड ६९ लाख ३४ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
काठमाडौं । माथिल्लो तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदेश ३ सरकारका भौतिक पूर्वाधारमन्त्री तथा पूर्वमेयर केशव स्थापितमाथि महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको ‘यौन प्रस्ताव’ सम्बन्धी आरोप आधारहीन रहेको दाबी गरेको छ ।
काठमाडौं । आजबाट स्याङ्जामा प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु हुँदैछ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड भएको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बाँडफाँट गरेको हो ।
काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्राण्ड ‘क्याफे कफी डे’ (सीसीडी) ले आफ्नो तेस्रो नयाँ आउटलेट काठमाडौंको अत्यन्त भीआईपी एरिया दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।