राष्ट्र बैंक आज ५ अर्बको रिपो विक्री गर्दै |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवार रू. ५ अर्बबराबरको रिपो विक्री गर्दै छ । केन्द्रीय बैंकले उक्त मात्राको रिपो आज बोलकबोल प्रणालीमार्फत विक्री गर्ने भएको हो ।
एक साता अवधिका लागि विक्री गर्न लागिएको रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।



