ज्योती बिकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स |
काठमाडौं । ज्योती बिकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रर्णाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्धेश्यले सगरमाथा इन्स्योरेन्स कम्पनी सँग बैंकासुरेन्स सेवा सम्वन्धि संम्झौता गरेको छ ।
ज्योती बिकास बैड्ढका प्रमुख कार्यकारी अधिकृत मनोज कूमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्स कम्पनीका सम्पूर्ण शाखा र उपशाखा तथा एक्स्टेन्शन काउण्टर र कार्यालय मार्फत ज्योती बिकास बैकका ग्राहकहरुले बैकका सम्पुर्ण शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।




