काठमाडौं । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनːनिर्माण शुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन शुरु गरेको हो ।
हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने उद्योगहरु मथि कारवाही शुरु गरिएको छ । व्यवस्थापन कार्यालयले २७ उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइ सकेको छ ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको डलर सहित एक जान लाई पक्राउ गरिएको छ । अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका हुन ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले आज मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ । ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।
काठमाडौं । नेपालमा वाइड बडी ए ३३० बाट काठमाडौं–क्वालालम्पुर दैनिक उडान गर्दै आएको मलेशियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको विलम्ब शुल्कबापतको रू. १३ करोड वक्यौता बाँकी राखेर सेवा बन्द गरेको छ ।
काठमाडौं । मिशन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
काठमाडौं । छिट्टै पूर्ण अनलाइन प्रणालीलाई औपचारिकरुपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल स्टक एक्चेन्ज (नेप्से) ले मक ट्रेडिङ स्थगित भएको जानकारी दिएको छ ।