एनसीसी बैंकको अवकाश कोषले बाँड्यो ७० प्रतिशत लाभांश |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकअन्तर्गत सञ्चालित एनसीसी बैंक अवकाश कोषले अवकाश पाएका कर्मचारीहरूलाई ७० प्रतिशत लाभांश वितरण गरेको छ । कोषले उक्त कर्मचारीहरुलाई २०७५ असार मसान्तसम्मको संचित बचतबाट ७० प्रतिशत अर्थात् ३ करोड ६२ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको हो ।
कोषले करिब २०० भन्दा बढी संघसंस्थाका सबै ग्राहक कर्मचारीहरूलाई सोही अवधिको सञ्चित अवकाश कोषमा रहेको मौज्दातको १.८३ प्रतिशत लाभांश सम्बन्धित अवकाश कोष खाताहरूमा जम्मा हुने गरी वितरण गरेको छ ।
उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत भएको रकमबाट आफ्ना बचतकर्ताहरूलाई लाभांश वितरण गर्दै आएको छ । साथै, सबै व्यक्तिगत सञ्चयकर्ताहरूका लागि प्रत्येक वर्ष १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा पनि दिँदैै आइरहेको कोषले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।



