काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको दिङ्लामा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन षडानन्द नगरपालिकाका मेयर वीरवल राईले गरेका हुन् ।
रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत् उत्पादन गर्न शुरू गरेको छ ।
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हिजो बिहीवार राजधानीमा सम्पन्न सातौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालनमा रहेका स्नो वेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा सरकारले शिलबन्दी गरेको छ ।
काठमाडौं । व्यावसायिक छाता संगठनका पदाधिकारीहरूलाई खुशी पारेर विदेशमा हुने व्यापार तथा प्रदर्शनीमा सहभागी हुने नाममा विदेश जाने प्रथाको अन्त्य भएको छ ।