काठमाडौं । सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकासुरेन्स सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरmबाट एलआइसी, नेपालको जीवन बीमा योजनाहरm विक्री गर्न सक्ने छ ।
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सिरहाको मिर्चैया नगरपालिकास्थित फुलवरिया शाखाले आफ्ना समूह अध्यक्षहरूको वार्षिक कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम हालै सम्पन्न गर्यो ।
काठमाडौं । नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि आज शनिबार मतदान भइरहेको छ । २०१३ सालमा स्थापित नेपाल बारले मतदानबाट आफ्नो २५ औंँ नेतृत्व चयन गर्दैछ ।
काठमाडौं । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोवार हिजो शुक्रवारदेखि शुरू भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीको वातावरण तयार गर्न आवश्यक कानून पारित गरिसकिएको जानकारी दिँदै नेपालमा सूचना प्रविधिको क्षेत्रमा खुलेर लगानी गर्न आह्वान गरेका छन् ।
काठमाडौं । ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको भारतीय बहुराष्ट्रिय कम्पनी एसजेभीएनएलका अध्यक्ष नन्दलाल शर्माले लगानीपछिको मुनाफाको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।