मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले वैदेशिक लगानी भित्र्याउन लागेको हो : उद्योगमन्त्री यादव |
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले वैदेशिक लगानी भित्र्याउन चाहेको पनि स्पष्ट पार्दै त्यस्तो आह्वान गरेका हुन् ।
सो अवसरमा मन्त्री यादवले नेपालको समृद्धिको अभियानमा चीन सरकार र त्यहाँको निजीक्षेत्रको उल्लेख्य योगदान रहने विश्वास पनि व्यक्त गरे । मन्त्री यादवले नेपालमा उद्योगको विकासका लागि निजीक्षेत्रका व्यवसायीहरूले पनि उल्लेख्य योगदान दिन सक्ने विश्वास व्यक्त गरे ।



