काठमाडौं । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्तगीमा परेका छन् । उनलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सो पदबाट बर्खास्त गरेका हुन् ।
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई प्रतिशेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने भएको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । सानिमापछि एभरेष्ट बैंकले पनि सेयरधनीलाई यसपालि नगद लाभांश मात्र दिने भएको छ ।
भक्तपुर । नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरले आज चाँगुनारायण नगरपालिका घेराउ गरेका छन् । उनीहरूले नगरकोट जाने पर्यटकलाई नगरपालिकाले दोहोरो पर्यटक शुल्क लिएकोमा विरोध जनाउँदै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको बताएका छन् । नेपालमा उड्यन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खल्ला राखिएको उनकको भनाई थियो ।
काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न थाइल्याण्ड तयार भएको छ । नेपाल र थाइल्याण्डबीच हिजो बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।