काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले रिडीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रिडी बजारमा खोलेको नयाँ शाखासँगै बाणिज्य बैंकको शाखा संख्या २ सय १० पुगेको छ । रिडी शाखाको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका छन् ।
काठमाडौं । अमेरिकालगायत विश्वका १ सय ६ भन्दा बढी देशमा लाइटरका लागि चर्चित ब्राण्ड जिप्पोका उत्पादनहरू पहिलोपल्ट औपचारिक रूपमा नेपाली बजारमा भित्रिएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जको आदर्शनगरमा स्थापना गरेको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले पुस १५ गते आइतबार उक्त शाखा सञ्चालनमा ल्याइएको बताए ।
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका दुईवटा संस्था मर्ज हुने भएका छन् । पर्यटनका दुई संस्था सोसाइटी अफ टूर एण्ड ट्राभल अपरेटर्स नेपाल (सोट्टो) र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) मर्ज हुने भएका हुन् ।