राष्ट्रिय वाणिज्य बैंकको रिडीमा नयाँ शाखा, देशभर शाखा संख्या २ सय १० पुग्यो |
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले रिडीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रिडी बजारमा खोलेको नयाँ शाखासँगै बाणिज्य बैंकको शाखा संख्या २ सय १० पुगेको छ । रिडी शाखाको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले विकासका लागि सबै स्थानीय तहमा बैंक आवश्यक भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नयाँ संभाब्य क्षेत्रहरुमा शाखा स्थापना गरी दिगो आर्थिक विकासकालागि बित्तीय पहुँच बिस्तार गरिरहेको बताए ।
बैंकको ७४ जिल्लामा २ सय १० वटा शाखा कार्यालय, १ सय ६५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको जारी बिज्ञप्तीमा उल्लेख छ । बैंकको १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप तथा १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी रहेको बैंकले जनाएको छ ।




