काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोर प्रालिबीच व्यापारिक सहकार्य शुरु भएको छ । अब बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ३ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ विक्री गर्ने भएको छ । भोली मंगलबार ट्रेजरी बिल जारी हुने बैंकले जानकारी दिएको छ ।
नुवाकोट । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच हालै विद्युत् खरीद विक्रीसम्बन्धी सम्झौता (पीपीए) भएको छ ।
काठमाडौं । प्रदेश २ सरकारले माध्यमिक तहको शिक्षा पूरा गर्नेलाई कम्तीमा १ लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । त्यसका लागि शिक्षा बीमा गराउने प्रयास गरेको छ ।
काठमाडौं । सीटीसी मल सुन्धारामा रहेको सीटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला भोली सकिदै छ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।
काठमाडौं । प्राइम लाइफको इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा ठगी भइरहेको खुलासा भएको छ । उक्त कम्पनीको नामबाट जारी भएका करिब ६ सय बीमा लेख नक्कली भएको खुलासा भएको हो ।