प्रभु इन्स्योरेन्स र चिरायु हस्पिटलबीच सम्झौंता |
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच नगद रहितसेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र चिरायु हस्पिटलका डाइरेक्टर सन्जिव राजभण्डारीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार औषधोपचार बीमा गराउने ग्राहकले चिरायु हस्पिटलमा उपचार गराउँदा नगद नभए पनि बीमालेखको सिमासम्म नगद रहित सुविधा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




