गुडविल फाइनान्सको नयाँ शाखा महोत्तरीको बर्दिवासमा |
काठमाडौं । गुडविल फाइनान्सको चौंधौ शाखा महोत्तरी जिल्लाको बर्दिवासमा विस्तार भएको छ ।
बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका थिए ।
प्रदेश नं. २ मा गुडविल फाइनान्सको विस्तारसँगै पाँचथरको फिदिम देखि बाँकेको नेपालगञ्ज साथै प्रदेश नं. ७ को राजधानी धनगढीमा पनि शाखा स्थापनासँगै सेवा प्रदान गर्दै आएको छ ।




