सिटिजन्स बैंकको प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमल चौरमा |
काठमाडौं । सिटिजन्स बैंकले प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमल चौरमा स्थापना गरेको छ । उक्त कार्यालयको शुभारम्भ समारोहमा प्रदेश नं ४ का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएमकार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रदेश नं ४ मा रहेका ११ जिल्ला मध्यै ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव १७ हजार ग्राहक वर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।



