एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा |
काठमाडौं । एनआईसी एशिया बैंकले झापा स्थित दमक फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन गर्दै बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी दिए ।
यससँगै एनआईसी एशिया बैंकको शाखा संख्या २७० पुगेको छ । एनआईसी एशिया मुलुकभर सबभन्दा धेरै शाखा सञ्जाल भएको बैंक बनेको छ । बैंकले २८५ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर तथां २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार २०९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कूल निक्षेप करिव १७० अर्ब रुपैयाँ तथा कर्जा १४४ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
बैंकले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन हरेक जिल्लाका सम्भावित बजार क्षेत्रमा शाखा विस्तार गर्दै जाने योजना अघि सारेको छ ।




