काठमाडौं । उपत्यकामा घरजग्गा व्यवसाय स्थिर अवस्थामा देखिएको छ । उपत्यकाबाट आर्थिक वर्ष (आव) २०७३/७४ मा ९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेकोमा गतआव २०७४/७५ मा घटेर ९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ मात्र उठेको भूमिसूधार तथा व्यवस्थापन विभागको तथ्याङ्कमा उल्लेख छ ।