सशस्त्र प्रहरीमा खुल्यो जागिर | माग संख्या ३२ सय ९७ जना, दर्खास्त दिने अन्तिम मिति चैत २५ गते
काठमाडौं । सशस्त्र प्रहरी बलले एकैपटक जम्मा ३ हजार २ सय ९७ जना सशस्त्र प्रहरी जवानको नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ । सशस्त्रले आज शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी रूपमा पदपूर्ति हुनेछ ।
सूचनाअनुसार खुलातर्फ १ हजार ७ सष् ७७, महिला २ सय ९७, आदिवासी जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर अशक्त प्रहरीका सन्ततिका लागि ३६ वटा कोटा छुट्याइएको छ । सूचनाअनुसार दर्खास्त दिने अन्तिम मिति आगामी चैत २५ गतेसम्म तोकिएको छ भने वैशाख ३ गते सम्बन्धित कार्यालयहरूमा परीक्षा सञ्चालन हुनेछ ।
कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।





