काठमाडौं (आपास) । साइन रेसुंगा डेभलपमेण्ट बैकले २ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न ३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
नवलपरासी । बिहे गर्न नमान्दा एक पुरुषले महिला माथि हिंसा गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।
काठमाडौं । समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक पुनः सञ्चालनमा ल्याउन सम्पुर्ण तयारी पुरा भएको छ । चितवनमा कार्यक्षेत्र रहेको सो बैंकले पुनः सञ्चालनका लागि राष्ट्र बैंक समक्ष निवेदन दिएको हो ।
काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका काम अगाडि बढाएको छ । यसका लागि सरकार आफैले ३ हजार ५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको हो ।