काठमाडौं । आज तिहारको दोस्रो दिन, घर घरमा कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।